उद्घाटनको मुखैमा डान्स क्लबमा आगलागी, ५ करोडको क्षति

नेपालभ्युज

उद्घाटनको मुखैमा डान्स क्लबमा आगलागी, ५ करोडको क्षति

बुटवल। उद्घाटनको मुखैमा रहेको बेला बुटवलको एउटा डान्स क्लवमा आगलागी हुदा ५ करोडको क्षति भएको छ। बुटवलको प्लान बी डान्स क्लबमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए।

करिब साढे १२ बजेबाट लागेको आगो करिब ३ घण्टापछि साढे ४ बजे नियन्त्रणमा आएको हो। शनिबार शुभारम्भ गर्ने तयारीमा रहेको निर्माणधीन प्लान बी डान्स क्लबमा आगलागी भएको हो।
ओलडिङ गर्ने क्रममा अचानक क्लबमा आगलागी प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved