स्वस्तिमाको अभिनय रहेको मलायालम फिल्मको ट्रेलर सार्वजनिक

नेपालभ्युज

स्वस्तिमाको अभिनय रहेको मलायालम फिल्मको ट्रेलर सार्वजनिक

काठमाडौं। मलायालम फिल्म थिरिमालीको ट्रेलर सार्वजनिक भएको छ। राजीव सेट्टीको निर्देशनमा बनेको फिल्ममा नेपाली अभिनेत्री स्वस्तिमा खड्काको पनि अभिनय छ।

सार्वजनिक ट्रेलरमा स्वस्तिमा आइटम डान्सरको रूपमा देखिएकी छन्। थिरिमालीु स्वस्तिमाको पहिलो भारतीय फिल्म हो। फिल्ममा स्वस्तिमा बाहेक नेपाली कलाकार माओत्से गुरुङ र उमेश तामाङको पनि अभिनय रहेको छ।

एस के लरेन्सको निर्माण रहेको फिल्मलाई निर्देशक राजीव र जेभियर एलेक्सले लेखेका हुन्। एडभेन्चरस कमेडी जनरामा बनेको फिल्ममा विपीन जर्ज, धर्मजन बोलगाटी, जोनी एन्थोनी, सलिम कुमार लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved