सुदूरपश्चिममा २ माघमा पनि सार्वजनिक बिदा

नेपालभ्युज

सुदूरपश्चिममा २ माघमा पनि सार्वजनिक बिदा

धनगढी। सुदूरपश्चिम प्रदेशमा माघी पर्वको अवसरमा थप एक दिन बिदा दिइएको छ। संघीय सरकारले १ माघमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले थपेर २ गते पनि बिदा दिएको हो।

१९ वैशाख २०७८ मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार २ माघमा सार्वजनिक बिदा हुने भएको हो। उक्त निर्णयसम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ।

१ माघमा सुदूरपश्चिमको पहाडी जिल्लामा मकर संक्रान्ति पर्व मनाइन्छ भने थारू समुदायले माघी पर्व मनाउने गरेका छन्। विगतदेखि ने थारू समुदायले माघीका अवसरमा तीन दिन बिदा हुनुपर्ने माग गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved