पुस मसान्तमा २२ कम्पनीको साधारणसभा, सात कम्पनीका लगानीकर्ताको हात खाली (सूचीसहित)

२२ मध्ये १५ कम्पनीको साधारणसभामार्फत लाभांश प्रस्ताव पारित हुँदैछ। बाँकी सात कम्पनीका शेयरहोल्डरको हात खाली हुने छ।

नेपालभ्युज

पुस मसान्तमा २२ कम्पनीको साधारणसभा, सात कम्पनीका लगानीकर्ताको हात खाली (सूचीसहित)

काठमाडौं। पुस मसान्तका दिन शुक्रबार नेप्सेमा सूचीकृत २२ कम्पनीले वार्षिक साधारणसभा बोलाएका छन्।

साधारणसभा बोलाउनेमा पाँच बाणिज्य बैंक, एक विकास बैंक, पाँच फाइनान्स कम्पनी, पाँच लघुवित्त, पाँच जलविद्युत् समूहका कम्पनी छन् भने एक बीमा कम्पनी रहेका छन्।

२२ मध्ये १५ कम्पनीको साधारणसभामार्फत लाभांश प्रस्ताव पारित हुँदैछ। बाँकी सात कम्पनीका शेयरहोल्डरको हात खाली हुने छ।

यस्ता सात कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई कुनै लाभांश प्रस्ताव गरेका छैनन्।

२२ कम्पनीमध्ये अधिकांश कम्पनीले गाभ्ने गाभिने एजेन्डालाई पनि प्राथमिकताका साथ राखेका छन्। सबैजसो कम्पनीले साधारणसभा भर्चुअलमाध्यमबाट गर्ने जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved