सन्दीपको टि २० मा १ सय ५० विकेट पूरा

राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीपले अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा होबार्ट हरिकेन्सबाट खेल्दै बिहीबार सिड्नी थन्डरविरुद्ध दुई विकेट लिएसँगै टि२० क्रिकेटमा १ सय ५० विकेट पूरा गरेका हुन्

नेपालभ्युज

सन्दीपको टि २० मा १ सय ५० विकेट पूरा

काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछानेले टि २० क्रिकेटमा आफ्नो ऐतिहासिक १ सय ५० विकेट पूरा गरेका छन्।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीपले अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा होबार्ट हरिकेन्सबाट खेल्दै बिहीबार सिड्नी थन्डरविरुद्ध दुई विकेट लिएसँगै टि२० क्रिकेटमा १ सय ५० विकेट पूरा गरेका हुन्

सन्दीपले यस उपलब्धी राष्ट्रिय टोली र अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगबाट गरि हात पारेका हुन्। सन्दीप टि२० क्रिकेटमा १ सयमाथि विकेट लिने नेपालको एक मात्र खेलाडी हुन्।

सन्दीपले १ सय ५० विकेट १ सय १३ टि२० खेलमा पूरा गरेका हुन्। सन्दीपले १ सय टि२० विकेट ७५ खेलमा पूरा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved