पछिल्ला पाँच दिनमै १० हजार जनाभन्दा बढीमा कोरोना संक्रमण

नेपालभ्युज

पछिल्ला पाँच दिनमै १० हजार जनाभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं । पछिल्ला केही दिनयता कोरोना नेपालमा पनि कोरोना संक्रमित संख्या बढ्न थालेको छ। पछिल्ला पाँच दिनयता कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको छ।

गत शनिबार ९ सय ४४ जना कोरोना संक्रमित भेटिएका थिए। त्यसयता संक्रमण तीव्रगतिमा फैलिरहेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार पनि ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत आइतबार अर्थात् २५ गते १२ हजार ६३२ जनाको नमूना परीक्षण गर्दा यो संख्या बढेर ११ सय ६७ पुगेको थियो। त्यस्तै गएको सोमबार पनि देशभर १४ सय ४६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। उक्त दिन ११ हजार ४ सय २९ जनाको नमूना परीक्षण गराइएको मन्त्रालयले जनाएको छ।

तर हिजो अर्थात् मंगलबार संक्रमित संख्या १ हजारले थपिएको थियो। हिजो मन्त्रालयले दिएको तथ्यांकअनुसार २४ सय ४४ जनामा कोरोना पुष्टि भएको थियो। परीक्षण दायरा केही बढाएको सरकारले हिजो १५ हजार ३३ जनामा नमूना परीक्षण गराएको थियो।

तर आज पछिल्लो २४ घण्टाको विवरणअनुसार थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा थप दुई जनाको संक्रमणबाट मृत्यु भएको पनि मन्त्रालयको तथ्यांकमा छ। आज संक्रिय संक्रमित संख्या पनि वृद्धि भएको छ। आज देशभर ११ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेका छन्। आज कूल १३ हजार ३६ जनामा कोरोना परीक्षण गर्दा यो संख्यामा संक्रमित थपिएका मन्त्रालयले जनाएको छ।

यसरी पछिल्ला पाँच दिनयता कोरोना संक्रमित हुनेको संख्या १० हजार ४४ पुगेको छ।

विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) गति तीव्र रूपमा फैलिरहँदा नेपालमा पनि यसको असर देखापरिएको छ। यसैबीच सरकारले १५ माघसम्म विद्यालय क्षेत्र बन्द गराउन निर्देशन दिइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved