संवैधानिक अधिकार माग्दै नागरिकताविहीन माइतीघरमा (फोटो फिचर)

“बारा, वीरगञ्ज लगायत थुप्रै जिल्लाका नागरिकताविहीन यहाँ आएका छौँ,” जय भन्छन्, “हाम्रो समस्या सरकारले सुनुवाइ गर्नुपर्छ।

नेपालभ्युज

संवैधानिक अधिकार माग्दै नागरिकताविहीन माइतीघरमा (फोटो फिचर)

काठमाडौं। रौतहटको बौधिमाई नगरपालिका–३ का २० वर्षीय जय प्रकाशको आमा र बुवाको जन्मसिद्ध नागरिकता छ। तर, आमा बाको नागरिकताबाट जयको नागरिकता बनेन।

हेल्थ असिस्टेन्टको अध्ययन पूरा गरेका उनी नागरिकता नबनेपछि माइतीघरमा धर्ना दिन आइपुगेका छन्। उनी मात्रै नभई उनीजस्ता सयौँ नागरिकताविहीन माइतीघरमा आइपुगेका छन्।

“बारा, वीरगञ्ज लगायत थुप्रै जिल्लाका नागरिकताविहीन यहाँ आएका छौँ,” जय भन्छन्, “हाम्रो समस्या सरकारले सुनुवाइ गर्नुपर्छ।

नागरिकता नपाउँदा थुप्रैले जागिर पाएका छैनन्। त्यस्तै कतिको थप अध्ययन गर्ने बाटो पनि बन्द भयो।

‘हामी नेपाली नागरिक आमा–बुवाका सन्तान कहिलेसम्म अनागरिक सरकार’ लेखिएका पम्पलेट बोकेर युवायुवती, पुरुष, महिला, बालबालिकासमेत माइतीघर पुगेका छन्।

संविधानले आमाको नामबाट नागरिकता पाउने लगायत जन्मसिद्ध नागरिकले पनि वंशजको नागरिकता पाउने व्यवस्था गरेको छ।

तर, संविधान लागू भएको ६ वर्ष बित्दा पनि नागरिकतासम्बन्धी ऐन, नियम संशोधन नहुँदा नागरिकता पाउनबाट धेरै वञ्चित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved