संक्रमण बढेसँगै क्यान इन्फोटेक स्थगित

नेपालभ्युज

संक्रमण बढेसँगै क्यान इन्फोटेक स्थगित

काठमाडौं। देशभर कोरोना संक्रमण बढ्दै गएपछि क्यान इन्फोटेक मेला स्थगित भएको छ।

माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भनिएको क्यान इन्फोटेक मेलाको २७ औँ संस्करण स्थगित भएको हो।
अर्को निर्णय नभसम्मका लागि मेला स्थगित गरिएको कम्प्युटर एसोसिएसन अफ नेपालका अध्यक्ष नवराज कुँवरले जानकारी दिए।

२७औँ क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी) का साथै सूचना तथा सञ्चार प्रविधिसम्बन्धी अन्य कम्पनी तथा संस्थाहरुको सहभागिता रहने गरी तयारी पूरा भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved