कोरोनाले दिल्लीमा २४ घण्टामा २३ जनाको मृत्यु

नेपालभ्युज

कोरोनाले दिल्लीमा २४ घण्टामा २३ जनाको मृत्यु

एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाको रफ्तार निकै तिव्र छ। दिल्ली सरकारको स्वास्थ विभागका अनुसार मंगलबार यहाँ २१ हजार २ सय ५९ जनामा संक्रमण देखियो र २३ जनाको मृत्यु भयो। यससँगै सक्रिय संक्रमितको संख्या ७५ हजारभन्दा माथि पुगेको छ। यसअघि सोमबार १९ हजारभन्दा धेरैमा कोरोना देखिएको थियो।

दिल्लीमा संक्रमित हुनेको कुल आँकडा १५ लाख ९० हजार नाघेको छ। त्यस्तै, पोजेटिभिटी दर बढेर २५ दलशमव ६५ प्रतिशत पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार १ सय ६१ जना कोरोना मुक्त भएर आफ्नो घर फर्किएका छन्।

दिल्लीमा अहिले ५० हजार ७ सय ९६ जना होम आइशोलेसनमा रहेको स्वास्थ विभागले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved