एजेन्सी। पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। तर, सरकारले स्कुल बन्द र लकडाउन नगर्ने भएको छ।
पाकिस्तानका सूचना तथा प्रशारण मन्त्री फवाद चौधरीले कोरोना भाइरस संक्रमितको संख्या बढेको भएपनि अर्को एउटा लकडाउन र विद्यालय बन्दबाट देश नगुज्रने बताएका छन्। देशमा कोरोना संक्रमण दोब्बर भएको विषयबारे मन्त्रिपरिषद्मा छलफल भएको उनले बताएका छन्। तर, पूर्ण लकडाउन नलगाउने निर्णयमा सरकार पुगेको हो। ‘‘हाम्रो अर्थव्यवस्थाले अर्को लकडाउनको बोझ उठाउन सक्दैन,’’ उनले भने।
उनले लकडाउन नलगाई कोरोना भाइरस नियन्त्रण लिन सकिने बताए। कोरोनाको प्रसारलाई रोक्नका लागि मास्क उपयोग गर्न उनले जनतासमक्ष आग्रह गरेका हुन्। त्यस्तै, देशमा तिव्र रूपमा खोप अभियान चलिरहेको पनि उनले बताएका छन्। संघीय सरकारले खोपमा २ बिलियन अमेरिकी डलर लगानी गरेको उनले बताए।
पाकिस्तानमा सोमबार १४ सय ६७ जनामा कोरोना देखिएको थियो।
Facebook Comment
Comment