आठ साताभित्र युरोपको आधाभन्दा धेरै जनसंख्या संक्रमित हुने डब्ल्युएचओको अनुमान

नेपालभ्युज

आठ साताभित्र युरोपको आधाभन्दा धेरै जनसंख्या संक्रमित हुने डब्ल्युएचओको अनुमान

एजेन्सी। विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले अहिलेकै रफ्तारमा ओमिक्रोनको संक्रमण फैलिरहे एक साताभित्र युरोपको आधाभन्दा धेरै जनसंख्या यसबाट संक्रमित हुने प्रक्षेपण गरेको छ। आगामी ६ देखि ८ साताभित्र युरोपको आधाभन्दा धेरै जनसंख्या ओमिक्रोनबाट संक्रमित हुने प्रक्षेपण डब्लयुएचओले गरेको हो।

युरोपमा २०२२ को पहिलो साता ७० लाखभन्दा धेरै संक्रमित थपिएका छन्। डब्ल्युएचओका युरोप निर्देशक क्लुगले भने,‘‘यो रफ्तार हेर्दा इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसशनले यस क्षेत्रको ५० प्रतिशतभन्दा धेरै जनसंख्या आगामी ६ देखि ८ साताभित्र संक्रमित भइसक्ने प्रक्षेपण गरेको छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved