काठमाडौं । काठमाडौंमा अब मास्क नलगाउनेले सार्वजनिक सवारी चढ्न नपाउने भएका छन्।
कोभिड १९ रोकथामका लागि काठमाडौं जिल्ला प्रशासनले जारी गरेको १८ बुँदे आदेशमा भनिएको छ,”सार्वजनिक सवारी साधनहरूले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, मास्क नलगाउने यात्रुलाई प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउने तथा अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्ने।”
यो आदेश आजै राति १२ बजेदेखि अर्को सुचना जारी नभएसम्मका लागि लागू हुने जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी जिल्ला स्वास्थ कार्यालयलाई स्थानीय तहसँग समन्वय गरी सार्वजनिक स्थानहरूमा निशुल्क एन्टिजेन बुथहरू स्थापना गर्न र नियमित परीक्षण गर्न पनि आदेश दिइएको छ।
कार्यालयलाई स्थानीय तहसँगको समन्वयमा सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई अनिवार्य रुपमा १ हप्ताभित्र कोभिडविरुद्धको खोप लगाइसक्नेगरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न पनि आदेश दिइएको छ।

Facebook Comment
Comment