काठमाडौंमा ७ माघदेखि सरकारी सेवा लिन खोप कार्ड अनिवार्य

नेपालभ्युज

काठमाडौंमा ७ माघदेखि सरकारी सेवा लिन खोप कार्ड अनिवार्य

काठमाडौं । काठमाडौंमा ७ माघदेखि सरकारी सेवा लिनका लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ। काठमाडौं जिल्ला प्रशासनले मंगलबार यस्तो निर्णय गरेको हो। मोबाइलमा फोटोमात्रै भएपनि हुने प्रशासनले जनाएको छ।

संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला प्रशासनले मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी १८ बुँदे आदेश जारी गरेको छ।

यस आदेशमा घरबाहिर वा सार्वजनिक स्थलमा निस्कदाँ सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, साबु पानीले हात धुनेलगायत स्वास्थ मापदण्डको पालना गर्न निर्देशन दिइएको छ।
त्यसैगरी धेरै मानिस उपस्थित हुनेगरी प्रशासनिक तथा सामाजिक काम नगर्न आदेश दिइएको छ। सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै मानिसको उपस्थिती हुनेगरी मेला र कार्यक्रम नगर्न भनिएको छ।

आदेशको पाँचौ बुँदामा भनिएको छ, ”सार्वजनिक स्थानहरू (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) अनिवार्य गर्ने ।”

त्यसैगरी छैटौं बुँदामा भनिएको छ,” यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भएपनि हुने) अनिवार्य गर्ने।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved