काठमाडौं। प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज (मंगलबार) चार खेलहरू हुँदैछन्। टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने छन् ।
टियु मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टिम लगातार दोस्रो जितको खोजीमा रहेका छन् ।
पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई हराएको थियो। पुलिसले सुदूरपश्चिमलाई हराएको थियो। यस्तै टियुमा हुने दोस्रो खेलमा बागमती प्रदेश र एपीएफ क्लबबीच खेल हुनेछ । दुवै टोली दोस्रो जितको खोजीमा हुनेछ। बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई हराएको थियो । एपीएफले प्रदेश–२ लाई पराजित गरेको थियो । मुलपानीमा हुने पहिलो खेलमा प्रदेश–१ र कर्णाली प्रदेशबीच खेल हुनेछ । यस्तै दोस्रो खेलमा प्रदेश २ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई ओमानमा हुने आइसिसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत लिएको छ ।
Facebook Comment
Comment