अफगानिस्तानमा बिस्फोट, ९ बालबालिकाको मृत्यु

नेपालभ्युज

अफगानिस्तानमा बिस्फोट, ९ बालबालिकाको मृत्यु
सांकेतिक फोटो।

एजेन्सी । अफगानिस्तानमा सोमबार दिउँसो भएको बिस्फोटमा ९ जना बालबालिका मारिएका छन्। त्यस्तै चारजना गम्भीर घाइते भएका छन्। यो बिस्फोट पाकिस्तान र अफगानिस्तान सीमा क्षेत्रमा भएको हो।

अफगानिस्तानको सत्तारुढ तालिबानी समूहले यसको पुष्टि गरेको छ। तालिबानको गभर्नर कार्यालयका तर्फबाट जारी गरिएको विज्ञप्तिमा नांगरहारको लालोपुरस्थित स्कुल अगाडि राखिएको गाडी बिस्फोट भएको उल्लेख छ। तर, बिस्फोटको स्पष्ट कारण अझै खुलेको छैन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिरायले खाद्यान्न सामाग्री बेच्ने एउटा गाडी पुरानो मोर्टार पुगेर ठोक्किदाँ बिस्फोट निम्तिएको जनाएको छ।
यस इलाकामा इस्लामिट स्टेटका लडाकुहरू सक्रिय रहेको मानिन्छ।

तालिबानसँग यो समूहको प्रायः झडप भइरहन्छ। आईएस समूहले विशेषगरी अल्पसंख्यक सिया समुदायलाई निशाना बनाउँदै आएको छ। नांगरहार प्रान्तमा अघिल्लो महीना पनि बम हमला भएको थियो। त्यतिबेला ४ महिलासहित ७ जना मारिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved