उज्ज्वल थापाको नाममा फाउण्डेसन स्थापना

विवेकशील नेपाली दलका संस्थापक उज्ज्वल थापाको गत १८ जेठमा कोभिडका कारण निधन भएको थियो।

नेपालभ्युज

उज्ज्वल थापाको नाममा फाउण्डेसन स्थापना

काठमाडौं। नागरिक समानता र उद्यमशील समाज निर्माणमा क्रियाशील रहेका युवा नेता स्व. उज्ज्वल थापाको स्मृतिमा उज्ज्वल थापा फाउण्डेसन स्थापना भएको छ।

नीति निर्माण, नेतृत्व विकास र अभियान सुदृढीकरणमा योगदानका निम्ति मानवीय क्षमता विकास गरी सहभागितामूलक, सहकार्यमा आधारित, दिगो र द्रुत सामाजिक रूपान्तरण हासिल गर्नु फाउण्डेसनको उद्देश्य रहेको छ।

विवेकशील नेपाली दलका संस्थापक उज्ज्वल थापाको गत १८ जेठमा कोभिडका कारण निधन भएको थियो।

फाउण्डेसनमार्फत नेतृत्व विकासमा सहजीकरण गर्ने; स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नीति निर्माणमा योगदान पुर्‍याउने; सामाजिक अभियान सञ्चालन गर्ने, नागरिकको चेतना बढाउने, न्यायपूर्ण समाज र राष्ट्र निर्माण गर्ने; उद्यमशीलताको प्रवद्र्धन गर्ने; पर्यावरणीय हितका क्षेत्रमा काम गर्ने; शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधिलगायत अन्य क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको फाउण्डेसनका अध्यक्ष एरिका अधिकारीले जानकारी दिइन्।

फाउण्डेसनको स्थापना गर्नुअघि उज्ज्वलका परिवार, साथी तथा शुभेच्छुकहरूले उज्ज्वलको उपचारका लागि विभिन्न देशबाट झण्डै तीन हजार जनाले प्रदान गरेको रकमबाट उपचार खर्च कटाएर बचेको ४२ लाखभन्दा बढी रकम विभिन्न सात ओटा गैरसरकारी/गैरनाफामूलक संस्थालाई वितरण गरिएको अधिकारीले बताइन्।

सर्लाहीको भोर नेपाल, ललितपुरको हार्टबिट, कपिलवस्तुको मधेस ह्युमन राइट्स होम, काठमाडौंका नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेसन तथा राष्ट्रिय आविष्कार केन्द्र, कालीकोटको ‘ओदा फाउण्डेसन’ तथा वीरगञ्जको ‘सानो पाइला’ नामक संस्थालाई सो रकम प्रदान गरिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved