देश सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू चाहिएको छ : गगन थापा

नेपालभ्युज

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू चाहिएको बताएका छन्।

विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले तन्नेरीहरू जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए।

महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पुर्‍याउने संकल्पसहित आफूले अवको १०-१५ वर्ष मात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहोर्‍याए। बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए।

“म नेपालको एउटा राजनीतिक पार्टीको कार्यकर्ता हुँ। मैले मेरो जीवन २५-३० वर्ष एउटा राजनीतिक कार्यकर्ता भएर बिताएको छु। अर्को १०-१५ वर्षमात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु। त्यसपछि विश्राम लिन्छु भन्ने मेरो संकल्प छ। मैले विश्राम लिँदै गर्दा नेपाल योभन्दा धेरैमाथि पुगेको हुनेछ भन्ने कुरामा मेरो विश्वास छ। यसका लागि जम्मा एउटा कुरा चाहिएको छ। धेरै कुरा बिग्रेको छ, हामी सम्हाल्छौं। जम्मा एउटा कुरा चाहिएको छ–सकारात्मक सोच्ने तन्नेरीहरू।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved