काठमाडौं। सन् २००१ मा नेपाली सिनिअर र जुनिअर दुवै टिमका प्रमुख प्रशिक्षक बनेर आएका थिए श्रीलंकन रोय लुक डायस। जसले नेपाली क्रिकेटलाई ‘ग्रासरुट लेभल’ देखि विकास गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भिड्न लायक बनाएपछि नै नेपालले विश्वकप खेल्ने सपना देख्न थालेको थियो।
करिब एक दशक नेपाली क्रिकेटमा खर्चेर नेपालको सफल र स्वर्णिम क्रिकेट युगको जग बसाल्दै डायस नेपाली क्रिकेटबाट बिदा भए। यसपछि सन् २०११ को अक्टोबरमा अर्का श्रीलंकन-क्यानेडियन नागरिक पुबुदु दासनायके पहिलो पटक नेपाली टिमको प्रशिक्षक बनेर नेपाल आएका थिए।
यसै वर्ष भदौमा नेपाली राष्ट्रिय क्रिकेट टिम विश्व क्रिकेट लिग डिभिजन-२ का खेल खेल्न ओमान टुरमा थियो। तर त्यो सिरिज दौरान नेपाली टिमसँगै ओमानमा रहेका श्रीलंकन-अष्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले अकस्मात राजिनामा घोषण गरे। नेपाली टिम सम्हालेको करिब आठ महिना पनि नपुग्दै वाटमोर नेपाल नै नफर्किकन ओमानबाट नै विदा भए।
जसले गर्दा यसै महिना पुबुदु दोस्रो पटक नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक बन्दै नेपाल आएइसकेका छन्।
पुबुदु दुबै पटक नेपाल आउँदा नेपाली क्रिकेटका लागि उनी निकै भाग्यमानी साबित भएका छन्। पहिलो पटक आउँदा नेपालको विश्वकप खेल्ने सपना उनले नै साकार पारेका थिए। दोस्रो पटक पनि यहाँ आउने वितिक्कै उनले मध्यस्तकर्ताको भुमिका निभाउँदै नेपाल क्रिकेट संघ(क्यान) र खेलाडीहरू बिच चलिरहेको ठुलो विवादको अन्त्य गराउन सफल भए।
पहिलो पटक विश्वकप खेल्दाका सारथि

पुबुदु पहिलो पटक नेपाल आउँदा पाँच महिना अगाडि मात्र क्यानडालाई एकदिवसीय विश्वकपसम्म पुराएको अनुभव उनीसँग ताजै थियो।
कठिन मिहेनतले क्यानडालाई विश्वकप खेलाएका उनी,पसिना नओबोउदै त्यहि जोस बोकेर नेपाललाई पनि विश्वकपसम्म पुराउने उद्देश्यसाथ आएका थिए।
यसपछि विश्वकपसम्म पुग्न उनले नेपाली राष्ट्रिय टिमसँग करिब साढे दुई वर्ष एउटै उद्देश्य र योजनामा केन्द्रित भएर अनवरत काम गरे। फलस्वरूप नेपाललाई पहिलो पटक, सन् २०१४ मा टी-ट्वान्टी विश्वकप खेलाउन उनी सक्षम भएका थिए। जुन नेपाली खेलहुद इतिहासकै सबैभन्दा सफल क्षण थियो।
नेपाली टिमका तत्कालीन कप्तान पारस खड्काले त्यतिबेला एक अन्तर्वार्तामा भनेका थिए, ‘सबैले विश्वकप, विश्वकप भन्थे, तर विश्वकपसम्म पुग्ने बाटो कुन हो भनेर कसैलाई थाहा थिएन। पुबुदु सरले नै आएर विश्वकप खेल्ने बाटो देखाइदिनुभयो।’
रोय डायसले १० वर्षमा नेपाली क्रिकेटलाई अब विश्वकप खेल्ने स्तरमा पुग्यो कि भन्नेसम्मको बनाएर गएका थिए। तर विश्वकप सम्मको यात्रा ठ्याक्कै कसरी तय गर्ने र विश्वकप छनोटका लागि टिमको तयारी कसरी गर्ने भनेर कसैलाई अत्तोपत्तो थिएन।
यस्तैमा विश्वकपको अनुभव बोकेका पुबुदुको नाम नेपाली क्रिकेटमा जोडिन आइपुगेका थियो।
उनी आउनु अघि नेपाल, एसियाका टेष्ट मान्यता नपाएका राष्ट्रहरू मध्येको सबैभन्दा ठुलो टी-ट्वान्टी प्रतियोगिता, एसीसी टी-ट्वान्टी कपको समुह चरण भन्दा माथि उक्लन सकेको थिएन।
तर सन् २०१३ मा उनकै अण्डरमा नेपालले पहिलो पटक एसीसी टी-ट्वान्टी कपको फाइनल मात्र खेलेन कि, यही फाइनल पुगेकै आधारमा २०१४ को टी-ट्वान्टी विश्वकपको छनोट पनि खेल्न पायो। जसमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो भएको नेपालले पहिलो पटक विश्वकप खेल्ने इतिहास रचेको थियो।
उनको साथमा पहिलो पटक खेलेको विश्वकपमा पनि नेपालको प्रदर्शन तारिफयोग्य थियो। जसमा नेपालले अफगानिस्तानलाई इतिहासमा नै पहिलो पटक पराजित गरेको थियो। समूह चरणमा हङकङलाई पनि हराउँदै नेपालले समूह विजेता बनेको बंगलादेशसँग अंक बराबरी गरेको थियो। तीन खेलमा समान चार अंक भए पनि रनरेटका आधारमा नेपाल सुपर १० मा पुग्नबाट भने वञ्चित बनेको थियो।
तर सन् २०१३ मा उनकै अण्डरमा नेपालले पहिलो पटक एसीसी टी-ट्वान्टी कपको फाइनल मात्र खेलेन कि, यही फाइनल पुगेकै आधारमा २०१४ को टी-ट्वान्टी विश्वकपको छनोट पनि खेल्न पायो। जसमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो भएको नेपालले पहिलो पटक विश्वकप खेल्ने इतिहास रचेको थियो।
टी-ट्वान्टी फम्र्याटमा मात्र होइन पुबुदु कै पहिलो कार्यकालमा एकदिवसीय फर्म्याटमा पनि नेपालले छलाङ मारेको थियो। यस अघिसम्म आईसीसी विश्व क्रिकेट लिग डिभिजन-४ मा रहेको नेपाल उनकै प्रशिक्षणमा डिभिजन-४ र डिभिजन-३ को उपाधि जित्दै डिभिजन-२ सम्म पुग्दै सन् २०१५ को एकदिवसीय विश्वकपको छनोटसम्म पुगेको थियो।
करिब चार वर्ष नेपाली टिम सम्हालेर सन् २०१५ को अक्टोबरमा पहिलो कार्यकाल सकेर उनी नेपालबाट बिदा भएका थिए।

नेपाली क्रिकेटका संकट मोचक
वार्षिक केन्द्रीय सम्झौताका लागि पारित गरिएको नयाँ खेलाडी वर्गीकरणका विषयमा करिब गत तीन महिनादेखि चलेको क्यान र खेलाडीको विवाद चरम उत्कर्षमा पुगिसकेको थियो।
क्यानले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललगायत चार खेलाडीलाई कारबाही गरेपछि एकजुट भएका धेरै खेलाडीहरू राष्ट्रिय टिमबाट नखेल्ने सम्मको निर्णयमा पुगिसकेका थिए।
विवादले राजनितिक रूप लिइसकेको थियो भने यो विषयले राष्ट्रिय राजनितिमा स्थान पाइसकेको थियो। प्रचण्ड हुँदै यो विवादको कुरो प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगिसकेको थियो। क्यान र खेलाडीको रस्साकस्सीमा राजनीतिको चेपुवामा परेर नेपाली क्रिकेट नै ठूलो दुर्घटना नजिक पुगेको थियो।
प्रमुख खेलाडीहरूले विश्वकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षण नै बहिष्कार गरेपछि नेपाली क्रिकेटको प्रदर्शनसँगै भविष्य पनि संकटमा परेको थियो।
त्यस्तै राजनीतिक हस्तक्षेपका कारण सन् २०१६ मा जस्तै पुनः अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले प्रतिबन्ध लगाउन सक्ने अवस्थामा नेपाली क्रिकेट पुगिसकेको थियो।
यस्तैमा दोस्रो पटक प्रशिक्षक बनेर नेपाल आइपुगेका पुबुदुले नेपाल आएपछि पहिलो भेटमा नै पत्रकारहरूलाई भने, “नेपाली खेलाडी र क्यानबीचजस्तो समस्या प्रायः सबैजसो देशमा हुनेगर्छ। यो सामान्य विवाद हो, जसलाई बन्द कोठामा बसेर नै समाधान गर्न सकिन्छ।”
नभन्दै उनले खेलाडी र क्यानका पदाधिकारिहरूलाई कोठामा बसाएर विभिन्न चरणमा संवाद गराएर नै यो समस्यको हल निकालेरै छाडे। “पुबुदु आएर यो विवाद समाधानमा केही हदसम्म सजिलो भएको हो। प्रशिक्षक आउनुभन्दा अगाडि नै बोर्ड र खेलाडीबीचको असमझदारी यसरी नै पहिले छलफल भइदिएको भए यो सबै चिज हुने नै थिएन।” विवाद अन्त्य भएर बन्द प्रशिक्षणमा फर्किएपछि पूर्वकप्तान ज्ञानेन्द्रले दिएको प्रतिक्रिया हो यो।
यसका लागि एक तटस्थ व्यक्तिको आवश्यकता थियो जसले मध्यस्तकर्ताको भूमिका खेल्न सकोस, जो कसैपट्टि झुकेको नहोस् र दुवै पक्षले विश्वास गर्न लायक होस्। पुबुदु यस्तै पात्र थिए। उनी खेलाडीहरूमा पनि प्रिय पात्र हुन्। सबै खेलाडीले उनको आदर गर्छन्, उनले भनेको मान्छन्।
यसलाई संयोग मात्र मान्न सकिँदैन कि तीन महिनादेखि चलिरहेको विवाद उनी आउनेबितिक्कै सल्टियो। खेलाडी क्यानको विवाद अन्त्य हुन नसक्नुमा मुख्य कारण दुई पक्षबीच को ठूलो भन्ने जुँगाको लडाइँ नै थियो। विवाद अन्त्यका लागि आपसी समझदारी हुन नसक्नु नै मख्य कारण थियो।

यसका लागि एक तटस्थ व्यक्तिको आवश्यकता थियो जसले मध्यस्तकर्ताको भूमिका खेल्न सकोस, जो कसैपट्टि झुकेको नहोस् र दुवै पक्षले विश्वास गर्न लायक होस्। पुबुदु यस्तै पात्र थिए। उनी खेलाडीहरूमा पनि प्रिय पात्र हुन्। सबै खेलाडीले उनको आदर गर्छन्, उनले भनेको मान्छन्।
उता प्रमुख प्रशिक्षकको खोजी भैरहँदा यो विवाद समाधानलाई मध्यनजरमा राख्दै क्यानको बोर्ड बैठकले नै आफूहरूसँग मिलेर काम गर्ने सहमतिमा पुबुदुलाई छनोट गरेको थियो।
यसरि दुवै पक्षको नजिक रहेका पात्र पुबुदुले दुवै पक्षलाई छलफलमार्फत सहमतिमा ल्याएर समस्याको समाधान निकाले र विवादमा रोकिएको नेपाली क्रिकेटलाई निकास दिन मद्यत गरे।
दुबै पटक प्रशिक्षक बनेर नेपाल आउँदा नेपाली क्रिकेटका लागि ‘गुड लक’ साबित भएका उनको ‘लक फ्याक्टर’ ले सायद आउँदो वर्षको टी-ट्वान्टी विश्वकपमा पनि नेपाललाई छनोट गराउन सहयोग गर्ला की।
नेपाली समर्थकको आसा छ कि उनकै रोहबरमा नेपालले दोस्रो पटक विश्वकप खेल्नेछ।
Facebook Comment
Comment