काठमाडौं। होमआइसोलेसनमा बसेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पीसीआर परीक्षण गराउँदैछन्। दुई दिनअघि बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा पुष्पकमल दाहाल प्रचण्डसहित देउवा सहभागी थिए।
प्रचण्डसहित केही नेतालाई ओमिक्रोन देखिएपछि प्रधानमन्त्री देउवा होमआइसोलेसनमा बसेका हुन्। बिहीबार र शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा पनि होम आइसोलेसनमा बसेका हुन्।
उक्त बैठकमा सहभागी रहेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि होमआइसोलेसनमा बसेका छन्।
यसअघि प्रधानमन्त्री देउवाले शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए।
Facebook Comment
Comment