मोरङमा २४ जना संक्रमित

नेपालभ्युज

काठमाडौं। पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ को मोरङमा सबैभन्दा बढी आज २४ जनामा कोरोना सङ्क्रमण भएको छ। सोही अवधिमा सुनसरीमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

स्थानीय पालिकाका अनुसार मोरङको विराटनगर महानपादिकामा २०, उर्लाबारीमा दुई, रङ्गेली र धनपालथानमा एक÷एक, सुनसरीको धरानमा पाँच, उदयपुरको त्रियुगामा एक र प्रदेश बाहिरका एक जना गरी कूल ४३ जनामा संक्रमण देखिएको छ। १ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा आजै तीन महिलासहित सात कोरोना संक्रमणमुक्त भएका छन् भने प्रदेशमा अझै १९२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved