बार्सिलोना छाडेर काउटिन्हो एस्टोन भिला गए

नेपालभ्युज

बार्सिलोना छाडेर काउटिन्हो एस्टोन भिला गए

काठमाडौं । बार्सिलोनाका ब्राजिलयन मिडफिल्डर फिलिपे काउटिन्हो एस्टन भिला गएका छन्। सन् २०१८ मै १ सय ६० मिलियन युरोमा काउटिन्होलाई क्याम्प नोउबाट लोनमा ल्याउन बार्सिलोनासँग सम्झौता भएको एस्टोन भिलाले घोषणा गरेको छ।

२९ वर्षीय उनी यसअघि एक वर्षका लागि बार्सिलोनाबाट जर्मन क्लब बार्यन म्युनिख गएका थिए। करिअरको पाँच वर्ष (सन् २०१३ देखि २०१८ सम्म) लिभरपुल क्लबमा रहेका उनी फेरि इंग्लिस भूमिमै फर्किएका हुन्।

सन् २०१८ मा बार्सिलोनाले काउटिन्होलाई ९० मिलियन खर्चेर लिभरपुलबाट किनेको थियो। तर बार्सिलोनामा रहँदा अधिकांश समय घाइते भएका उनी खेलमा फर्किँदा पनि प्रायः प्रशिक्षकको पहिलो रोजाइमा पर्न छाडेका थिए।

भिला इंग्लिस प्रिमियर लिगको मध्यमस्तरको क्लब मानिन्छ। हाल लिगको १३ औं स्थानमा रहँदा क्लब पछिल्ला दुई खेलमा पराजित भएको छ। क्लबले सात जित र ११ हार बेहोरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved