भित्र युसिना चिच्याएको आवाज आइरहेपछि अनीशको आमा र घरभेटी ठुलीमाले ढोकाको लक फुटाएर कोठामा छिरे। ढोका खोलेर हेर्दा युसिना नग्न अवस्थामा खाटमा ढलेकी थिइन्। अनिश तल भुईँमा ढलेका थिए। युसिनाको छातीमा छुरी रोपिएको चोटैचोट थिए।
नेपालभ्युज
काठमाडौं। ‘पब्जी गेम’ इन्टरनेटका माध्यमबाट मोबाइल र कम्प्युटरमा खेलिने यो खेल हो।
यो गेमका कारण विदेशमा किशोरकिशोरीले आत्महत्या गर्न क्रम बढेपछि नेपाल सरकारले पनि प्रतिबन्ध लगाएको तीन वर्ष भयो। तर, ‘भीपीएन’ नामक एप्स प्रयोग गर्दै युवाहरूले खेल्न छाडेका छैनन्। यही पब्जीको लतमा फसेका एक प्रेमीले आफ्नी प्रेमिकाको हत्या गरेका छन्। उनले प्रेमिकाको हत्या मात्र गरेनन्, आत्महत्या गरे।
खाने सुत्नै र काम गर्नसमेत भुलेर पब्जी खेल्दै आएका धेरै भेटिन्छन्। नेपालमा समेत पब्जीमार्फत नै भएको चिनजानले मायाप्रेम बसेपछि बिहे भएका धेरै जोडीहरूको चर्चा सुनिएको थियो। तर, पछिल्लो पटक भने यही पब्जी खेल्ने क्रममै अनलाइनमा भेटेर मायाप्रेम भएपछि बिहे नहुँदै एक जोडीको जीवन नै अन्त्य भएको छ।
अनिश जिमीको आमा (दायाँ)
सङ्खुवासभा घर भएका २६ वर्षीय अनिश जिमी र खोटाङ घर भएकी २२ वर्षिया युसिना राई पब्जीमै भेट भएपछि माया प्रेममा थिए। यसैक्रममा उनीहरू तीन सायता लिभिङ टुगेदरमा थिए।
कपनकी राधा खतिवडाको घरमा उनीहरु बस्थे। घरभेटी उनै अनीशकी ठूलीआमा हुन्। राधाकै घरमा अनीशका आमाछोरा १५ वर्षयता बस्दै आएका थिए। २०-२२ दिनयता मात्रै अनीशले घरमा अपरिचित युवती ल्याएका थिए। उनी थिइन् युसिना। परिवारले युसिनाको बारेमा सोधे। अनीशले आफ्नो प्रेमिका भएको जानकारी गराए। केटीलाई घरमा ल्याएको देखेपछि विवाह गरिदिने प्रस्ताव राखेको अनीशको मामा सुवास खतिवडा बताउँछन्।
‘‘भान्जाले केटी घरमा ल्याएछन्। अरुकी छोरीलाई घरमा यत्तिकै राख्दा राम्रो मानिँदैन भनेर मन्दिरमा लगेर बिहे गराइदिने भनेका थियौँ। तर भान्जाले विदेश गइहाल्ने भन्दै मानेनन्’’, उनले नेपालभ्यूजसँग भने, ‘‘अनिशले हामी दुवै जना विदेश गएर कमाएर फर्किएपछि बिहे गर्ने बताए। त्यसपछि हामीले केही भनेनौँ।’’
अनिश जिमी र युसिना राई बस्दै आएका कोठाको ढोका
अनिश र युसिना दुवै जना विदेश जाने मनस्थितिमा थिए। उनले पासपोर्ट आसमान नेपाल नामको म्यानपावर कम्पनीमा बुझाएका थिए। तर, स्वास्थ्य परीक्षणमा फेल भएपछि विदेश जान नपाउने भए। यता प्रेमीका युसिनाको भने विदेश जान मिल्ने देखियो। आफू जान मिल्ने तर प्रेमीका मात्र विदेश जाने भएपछि अनिशलाई चित्त बुझेन। पारिवारिक स्रोतका अनुसार अनिश प्रेमिकालाई एक्लै विदेश पठाउन चाहँदैनथे। तर, प्रेमिका युसिना भने जसरी पनि विदेश गएरै छाड्ने ढिपीमा थिइन्। यसै विषयमा दुवैविच विवाद थियो।
बिहीबार राति खाना खाएर उनीहरु आफ्नो कोठामा गए। मध्यरात १ बजे कोठाभित्र चिच्याएको आवाज आयो। डाङडुङ गरेको समेत आवाज आएपछि अगाडि कोठामा बसेकी आमाको निद्रा खुल्यो। के भएछ भनेर ढोकामा गएर उनले खोल्ने प्रयास गरिन् तर ढोका भित्रबाट चुकुल लगाइएको थियो।
भित्र युसिना चिच्याएको आवाज आइरहेपछि अनिशको आमा र घरभेटी ठूलीमाले ढोकाको लक फुटाएर कोठामा छिरे। ढोका खोलेर हेर्दा युसिना नग्न अवस्थामा खाटमा ढलेकी थिइन्। अनिश तल भुईँमा ढलेका थिए। युसिनाको छातिमा छुरी रोपिएको चोटैचोट थिए। अनिशकी आमाले भनिन्, ‘‘युसिनाको छातीमा १२ वटा चोट थिए, तर अनिश भुइँमा लडेका थिए। उनको घाँटीमा धारिलो चक्कुले सेरिएको थियो। चक्कु भुइँमै थियो।’’
अनिश जिमी र युसिना राई बस्दै आएका कोठा
कोठामा रक्सीको बोतल, चुरोटका ठुटा र मासुसमेत भेटिए। अनिशले प्रेमिकाको हत्या गरेर आफूले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखा काठमाडौंका प्रमुख चन्द्र कुवेर खापुङले बताए। उनले भने, ‘‘राति १ बजे खबर पाएर प्रहरी घटनास्थलमा पुग्यो। घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा थिइन् उनी मरिसकेकी रहेछिन्। अनीशको भने धुकधुकी बाँकी थियो। उनलाई चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा लगियो। तर उनी पनि बाँचेनन्।’’ दुवै जना पब्जीको लतमा रहेको जानकारी पाएको उनले बताए।
मामा सुवासका अनुसार पब्जीको लतका कारण पछिल्लो समय अनिश एकोहोरो भएका थिए। उनले भने, ‘‘भान्जा धेरैजसो कोठामै बसेर पब्जी खेल्थे। उनको पेसा केही थिएन। खाना खाने समय सुत्ने समय टुंगो थिएन। उनी अलि एकोहोरो जस्ता भएका थिए। त्यही पब्जीकै कारण जस्तो लाग्यो। तर ठ्याक्कै थाहा भएन।’’
Facebook Comment
Comment