गत वर्ष अमेरिकी संसद् भवनमा हमला भएलगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्प युगको अन्तिम अध्याय लेखिएको प्रतीत हुन्थ्योें, छोटो क्षण यस्तै लाग्यो।
प्रदर्शनकारीहरूलाई भवनबाट हटाएपछि संसद्का दुवै सदनले ठूलो बहुमतसहित जो बाइडेन राष्ट्रपति चुनिएको पक्का गरे।
रिपब्लिकन पार्टीका नेताहरूले आफूलाई राष्ट्रपति ट्रम्पबाट अलग राख्न चाहे, उनीहरू यस आक्रमणको कठोर आलोचनामा उत्रिए। ‘मलाई गणनाबाट बाहिर राख्नुस्, इनफ इज इनफ’’ भावविव्हल देखिएका सिनेटर ग्राहमले भने।
माथिल्लो सदन सिनेटका रिपब्लिकन नेता मिच म्याककोनलले भीडलाई ‘‘झुठ’’ ले हुर्काइएको र राष्ट्रपति तथा अन्य शक्तिशाली व्यक्तिहरूले उचालेको निष्कर्ष निकाले। तल्लो सद्न हाउसका रिपब्लिकन नेता केभिन म्याकर्थीले संसद् भवनमा भएको आक्रमणको जिम्मा राष्ट्रपति ट्रम्पले लिनुपर्ने बताए।
ट्रम्पले कालो बादलबीच कार्यालय छाडे, यतिबेला प्रदर्शनकारीहरूलाई प्रहरीले घेरा हालिसकेको थियो। ६ जनवरीको यो आक्रमणलाई इतिहासमा नाटकीय विसंगतिका रुपमा हेरिने तयजस्तै देखिएको थियो।
आत्म–पराजयको हद पार गर्ने एउटा जीवन्त उदाहरण, जसले ट्रम्पवादको खतरा र राजनीतिमा सहन सकिने व्यवहारको सीमा सार्वजनिक गरेको थियो।
तर, अहिले हामीले बुझ्दा ट्रम्पको डुंगा ठिकठाक चल्न खोज्दै छ। केही महिनाभित्रै रिपब्लिकन नेताहरू ट्रम्पका पक्षमा प्रतिबद्धता जाहेर गर्न मार–ए लागोमा पुगे, यी नेताहरूको सूचीमा ग्राहम र म्याकर्थी पनि थिए।
यसबाट ट्रम्पले चुनाव जितेका थिए भन्ने झुठ स्विकार्ने वा कम्तीमा चुनावमा बृहत्तर धाँधली भएको थियो भन्ने आशंकामा बल पुग्ने बन्ने वातावरण सिर्जना भयो।

एकथरीले खासगरी ट्रम्पको विचलित मानसिकताको उपजका रुपमा जनवरी ६ लाई हेर्नेछन्। आफु निष्पक्ष रुपमा पराजित भएको कहिल्यै स्विकार्न नसक्ने उनको स्वार्थी अक्षमताका रुपमा हेर्नेछन्।
यी नेताहरूले ट्रम्पलाई हिंसाको आरोपबाट उन्मुक्तीमात्र दिएनन्, आफ्नो पार्टीका कार्यकर्तालाई ट्रम्पप्रतिको सहानुभूति वैध थियो भन्ने पनि सुनिश्चित गराए।
यी गतिविधिले ल्याएको छालको उभार आजसम्म पनि निरन्तर छ : २०२० को निर्वाचन नतिजाको पुनर्समिक्षा गर्ने प्रयास, गद्दार रिपब्लिकनहरूलाई दण्डित गर्ने, स्थानीय निर्वाचन अधिकारीलाई धम्की दिने, धेरै अमेरिकीहरूलाई मत खसाल्न अफ्टेरो पर्नेगरी निर्वाचन ऐनहरू संशोधन गर्ने र निष्पक्ष निकायहरूलाई निर्वाचनको विवाद मुल्याङ्कन गर्नबाट रोक्ने।
यी विकासक्रमहरू नियालेर आगामी पुस्ताले ६ जनवरीमा अमेरिकामा प्रजातान्त्रिक मुल्य र संस्थानहरूलाई कमजोर (अझै ध्वस्त) पार्न के भएको थियो भन्ने चित्रण गर्नेछन्।
संसद् भवनमा भएको आक्रमणलाई बहुपक्षीय ‘कु’ प्रयासको एउटा बिन्दूका रुपमा लिइनेछ। झुटा कानूनी दाबीको सहारामा जबरजस्ती गरेर इलेक्टोरल कलेज र लोकप्रिय मत दुबैमा हारेका व्यक्तिलाई पनि राष्ट्रपति बनाउन गरिएको प्रयासका रुपमा हेरिनेछ, (उदाहरणका लागि, उपराष्ट्रपति माइक पेन्सले इलेक्टोरल मतलाई सहजै अस्वीकार गर्नसक्थें भन्ने दाबी)।
यसलाई विसङ्गति मात्रै होइन, एउटा खतरनाक मोडलका रुपमा हेरिनेछ।
विशेषगरी, ह्वाइटहाउससँग जोडिएका प्रमुख प्रायोजकहरूलाई कुनै अपराध मुद्दा लगाइएन भने।
ट्रम्पका धेरै उग्र दक्षिणपन्थी समर्थकहरूले एकपक्षीय रोगी मानसिकतालाई चम्काइरहेका छन् र प्रजातान्त्रिक प्रणालीप्रतिको सम्मानलाई अवमुल्य गरिरहेका छन्। यस्तो अवस्थामा यो घटनालाई निरुत्साहित गरिनुको साटो मलजल गरिएको भनेर हेरिनेछ।
पक्का छ, इतिहासकारहरूबीच असहमति हुनेछ, जो सधैँ रहदैं आएको छ।
एकथरीले खासगरी ट्रम्पको विचलित मानसिकताको उपजका रुपमा जनवरी ६ लाई हेर्नेछन्। आफू निष्पक्ष रुपमा पराजित भएको कहिल्यै स्विकार्न नसक्ने उनको स्वार्थी अक्षमताका रुपमा हेर्नेछन्।
अन्यले दशकौँदेखि बनिरहेका बृहत्तर दस्ताहरूको भूमिकाबारे धेरै चर्चा गर्नेछन्। यसमा गहिरिदों आर्थिक असमानता, रङ्गभेद र देशको जातीय विविधता पनि समावेश हुनेछ।
रङ्गभेद, क्रिष्ट्रियन राष्ट्रवाद, प्राउड ब्वाईजजस्ता सैन्य दस्ताले खेलेको भूमिका तथा गोरा र मध्यमवर्गको बाहुल्यता रहेका भूगोलसँग टुटेको डेमोक्रेटिक पार्टीको जनसम्पर्कबारे इतिहासकारहरूले बहस गर्नेछन्।
जब यो घटनासँग दूरी बढ्दै जानेछ, तब हामीले धेरै जान्नेछौँ र व्याख्याहरू पनि परिवर्तन हुनेछन्।
पत्रकारहरूको प्रतिबद्ध प्रयास र आक्रमणबारे अनुसन्धान गर्न गठित संसद्को कमिटीले पछिल्ला महीना सार्वजनिक गरेको दस्ताबेज नियाल्दा विशेषगरी रिपब्लिकन नेताहरूको सहभागिताबारे अहिल्यै न्यारेटिभ परिवर्तन भइसकेको देखिन्छ।
यो प्रक्रिया निरन्तर जारी रहनेछ, खाली ठाउँहरू भरिनेछन् र कथाको विस्तृत परिवर्तन हुँदै जानेछ।
तर, विस्तृत जतिसुकै परिवर्तन भएपनि २०२० को राजनीतिक संस्कारलाई खुलासा गर्नेक्रममा, २०२० र ३० को दशकमा के रोपिएको थियो भनेर खोतल्ने क्रममा इतिहासकारहरूले यी घटनाक्रम नियाल्नेछन्।
ट्रम्पजस्ताको राजनीतिक मुभमेन्टलाई ऐतिहासिक मिथक आवश्यक पर्नेछ, जसले उनीहरूको अस्तित्व पुष्टि गरेर उर्जा जुटाउन सकोस्।
यस्तो काउन्टर न्यारेटिभको मेरुदण्ड निर्वाचन चोरी भएको थियो भन्ने नै हुनेछ। यस्तो न्यारेटिभलाई अहिल्यै अधिकांश रिपब्लिकनहरूले विश्वास गर्छन्।
यो काउन्टर–न्यारेटिभले ६ जनवरीमा भएको आक्रमण र हिंसालाई फितलो ठान्नेछ (अहिल्यै संसद्का एक सदस्यले यस घटनालाई ‘‘सामान्य पर्यटक घुमघाम’’ का रुपमा चित्रण गरिसकेका छन्।) र दंगाकारीहरूलाई संविधानको रक्षकका रुपमा चित्रण गर्नेछ।
यो दृष्टिकोणलाई ताछेर पुस्तक–लेखहरू लेखिनेछन् र ठूलो सङ्ख्याका अमेरिकीहरूले त्यसलाई विश्वास गर्नेछन्। जसरी, अझैसम्म ४० प्रतिशत अमेरिकीहरू गृहयुद्ध दासताविरुद्ध थिएन भन्ने मान्यता राख्छन्।
आगामी पुस्ताका बुद्धिजीवीहरूमा ६ जनवरीको कारण र परिणामलाई हेर्ने विषयमा फराकिलो सहमति बन्नसक्ने पनि देखिन्छ, तर त्यस्तो सहमति ठूलो रुपमा सर्वसाधारणसम्म बिस्तार हुनेछैन। यदि स्वतन्त्र आयोग बनाएर छानबिन गरिएको भए साझा दृष्टिकोण बन्नसक्ने थियो, गत वसन्तमै यसको प्रस्ताव गरिएको थियो।
तर, सिनेटका रिपब्लिकनहरूले आफ्ना पार्टीका नेताले सिर्जना गरेको संकटबाट अघि बढ्ने मनसायका साथ यस्तो प्रस्ताव अस्वीकार गरे, अहिले त्यो क्षण गुज्रिसक्यो।
हामीले एक वर्षअघि देखेको नाटकमा रङ्ग भर्ने काम हाम्रो हाम्रो समाज र राजनीतिलाई विभाजित गर्ने भयावह पक्षधरताले निरन्तर गरिरहनेछ।
यस्तो विचलनको सबैभन्दा ठूलो खतरा निर्वाचन र त्यसको औपचारिक परिणाममा हामीले गर्ने भरोसालाई यसले दिने आकार हो।
प्रजातन्त्रमा विश्वास मूल्यवान् र जरुरी तत्त्व हो। र, ट्रम्प र उनका समर्थकहरूले गत वर्ष चालेको कदमका लागि धन्यवाद, यसको आपूर्ति छोटो छ।
(अलेक्जेन्द्रर किसर हार्भार्ड विश्वविद्यालयका इतिहास र सोशल पोलिसीका प्राध्यापक हुन्।)
लसएन्जलस टाइम्सबाट
Facebook Comment
Comment