राजमार्गमा लुटपाट गर्न खोज्ने पक्राउ

राजमार्गमा लुटपाट गर्न खोज्ने पक्राउ

बाँके। पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर पैसा मागिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अगैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिए । पक्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडीलगायत छन् । अगैयाभन्दा पूर्वतर्फ सिक्टा, गाभर जङ्गलमा गाडी रोकेर पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएकोबारे कार र ट्रकका चालकले जानकारी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न उनीहरू बा १४ च ३३०३ नंको कारमा सवार रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved