नेपाल र मौरिससबीच पहिलो पटक मैत्रीपूर्ण खेल हुँदै

नेपालभ्युज

नेपाल र मौरिससबीच पहिलो पटक मैत्रीपूर्ण खेल हुँदै

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोली र अफ्रिकी मुलुक मौरिससबीच दुई मैत्रीपूर्ण खेल हुने भएको छ। नेपालमा हुने दुइटै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ।

अखिल नेपाल फुटबल संघ एन्फाले जनाए अनुसार खेल माघ १५ र १८ गते हुनेछ। मोरिसस नेपालको पहिलो अफ्रिकी प्रतिद्वन्द्वी हो।

एन्फाले दुइटै मैत्रीपूर्ण खेल पोखरामा गर्ने गरी तयारी अघि बढाएको थियो। तर, पोखरा रङ्गशाला निर्माण कार्य जारी रहेकाले खेल काठमाडौँमै सञ्चालन गरिने भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved