उद्योगपति तथा गीतकार वसन्त चौधरीका दुई कृति लोकार्पण

आफूलाई ‘उद्योगी’को परिचय अत्यन्तै साँघुरो लाग्ने बताउने प्रतिष्ठित उद्योगी वसन्त चौधरीको दुई कीर्ति एकैसाथ लोकापर्ण भएको छ।

नेपालभ्युज

उद्योगपति तथा गीतकार वसन्त चौधरीका दुई कृति लोकार्पण

काठमाडौं। आफूलाई ‘उद्योगी’को परिचय अत्यन्तै साँघुरो लाग्ने बताउने प्रतिष्ठित उद्योगी वसन्त चौधरीको दुई कीर्ति एकैसाथ लोकापर्ण भएको छ। राजधानीमा आयोजित एक समारोहबीच एकसाथ लोकार्पण गरिएको हो। युवा अवस्थादेखि नै आफ्नो परिचयमा साहित्यकार, कवि एवं गीतकार थप्ने हुटहुटी चलेको वसन्तको यसअघि थुप्रै कीर्ति सार्वजनिक भइसकेको छ।

उद्योगपति तथा गीतकार एवं कवि वसन्त चौधरीको नेपाली र हिन्दी भाषाका दुई काव्य सङ्ग्रह ‘तिमी विनाको म’ र ‘अनेक पल अ‍ैँर मे’ राजधानीमा मंगलबार आयोजित एक समारोहबीच एकसाथ लोकार्पण गरिएको हो। प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, सभापति तुलसी दिवस, आख्यानकार प्रा. भुवन ढुंगाना, मुम्बई विश्व विद्यालय, भारतका हिन्दी विभाग प्रमुख प्रा.डा. करुणा शंकर उपाध्याय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा लुनकरणदास गंगादेवी साहित्यकला मन्दिरका उपाध्यक्ष हरिहर शर्मा, कवि वसन्त चौधरी र ती कृतिकी प्रकाशक मेघा चौधरीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।

भारतको उडिसामा आयोजित कलिङ लिटेचर फेस्टिभल २०२१ मा अनेक पल और मेले सर्वश्रेष्ठ काव्य सङ्ग्रहको अवार्ड जित्न सफल भए पनि स्वास्थ्य प्रतिकूलताका कारण समारोहमा वसन्त सहभागी हुन नसकेका कारण लुनकरणदास गंगादेवी साहित्य कला मन्दिरकी सदस्य श्वेता दीप्तिले ग्रहण गरेको उक्त अवार्ड सो कार्यक्रममा वसन्तलाई हस्तान्तरण गरेकी थिइन्।

समारोहमा स्वागत मन्तव्य राख्दै आयोजक साहित्यकला मन्दिरका उपाध्यक्ष हरिहर शर्माले मानव जीवनको सुन्दर र आनन्ददायी उपहार नै साहित्य सिर्जना भएको तथा कवि वसन्त चौधरी अन्य कार्यमा भन्दा साहित्य सिर्जनामा बढी रमाउने र उनको पुस्तक भावी पुस्ताका लागि समेत उपयोगी हुने चर्चा गरे।

पुस्तकको समालोचना गर्दै मुम्बई विश्व विद्यालय, भारतका हिन्दी विभाग प्रमुख प्रा.डा. करुणा शंकर उपाध्यायले चौधरीमा शालीन स्वभावका साथै जीवन र जगत देख्ने अन्तर्दृष्टि रहेको चर्चा गरे। प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्यिक धरातल र लेखनको गहिराइमा पुगेर कविता सिर्जना गर्न सक्ने शक्ति वसन्तमा रहेको चर्चा गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved