भारतको झारखण्डमा युवकलाई जिउँदै जलाइयो

बेसराजारा गाउँमा गाउँलेहरूले ती युवालाई गम्भीर कुटपिट गरी जलाएका हुन्।

नेपालभ्युज

भारतको झारखण्डमा युवकलाई जिउँदै जलाइयो
सांकेतिक तस्वीर

काठमाडौं। भारत झारखण्डको सिमडेगा जिल्लामा एक युवकलाई कुटपिट गरी जिउँदै जलाइएको छ। बेसराजारा गाउँमा गाउँलेहरूले ती युवालाई गम्भीर कुटपिट गरी जलाएका हुन्। घटनाको अनुसन्धान भइरहेको र केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार मारिने युवक सञ्जू प्रधानकी पत्नीले भिडसँग पतिको ज्यान नलिन अनुनय गरेकी थिइन्। तर उनको बिन्ती नसुनेर कुटपिट गरेर जलाइएको छ।
स्थानीय आदिवासीहरूको स्वीकृति बिना सञ्जूले रुख काटेर दाउरा बेच्ने गरेको आरोपमा उनको हत्या भएको हो। आदिवासीहरूको परम्परागत खूँटकटी व्यवस्था अनुसार ग्राम प्रधानको इजाजत बिना गाउँमा रुख काट्न पाइँदैन ।

सञ्जूले रुख काट्ने गरेको जानकारी वन विभागलाई पनि गराइएको थियो। तर,त्यहाँबाट केही कारबाही नभएपछि गाउँलेहरू त्यहाँ पुगेको स्थानीय बासिन्दाको दाबी छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको स्थानीय भारतीय समाचार माध्यमहरूले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved