मुम्बईमा कोरोना सङ्क्रमित बढ्दै, ३१ जनवरीसम्म विद्यालय बन्द

कोरोना सङ्क्रमितहरू बढ्दै गएसँगै मुम्बईमा कक्षा १ देखि ९ र कक्षा ११ का लागि ३१ जनवरीसम्म विद्यालय बन्द गरिएको छ। तर, उनीहरूको अनलाइन कक्षा भने जारी रहनेछ।

नेपालभ्युज

मुम्बईमा कोरोना सङ्क्रमित बढ्दै, ३१ जनवरीसम्म विद्यालय बन्द

काठमाडौं। भारतको महाराष्ट्रमा कोरोना सङ्क्रमित बढेको छ। सबैभन्दा धरै राजधानी मुम्बईमा सङ्क्रमितको सङ्ख्या बढेको हो। आइतबार मुम्बईमा ८ हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिएका छन्। उही समयमा ओमिक्रोन भेरियन्टका ३०० भन्दा बढी सङ्क्रमित थपिएका छन्।

कोरोना सङ्क्रमितहरू बढ्दै गएसँगै मुम्बईमा कक्षा १ देखि ९ र कक्षा ११ का लागि ३१ जनवरीसम्म विद्यालय बन्द गरिएको छ। तर, उनीहरूको अनलाइन कक्षा भने जारी रहनेछ।

बृहन्मुम्बई नगर निगमले कक्षा १० र १२ का विद्यार्थीका लागि विद्यालय बन्द नगरिने जनाएको छ। उनीहरु विद्यालय जान र कक्षा लिन सक्छन्।

यसैबिच, १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरूका लागि कोभिड–१९ खोप मुम्बईका नौ समर्पित केन्द्रहरूमा राष्ट्रिय अभियानसँगै शुुरु गरिएको छ। आज, मुम्बईमा ८ हजार ८२ जनामा सङ्क्रमित देखिएका छन्। ६ सय ६२ जना निको भएका छन्। २१ जनाको मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved