काठमाडौं। सरकारले कोभिड-१९ विरुद्ध खोपको अतिरिक्त मात्रा दिइने भएको छ। पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका जोखिम समूहमा रहेका व्यक्तिहरूलाई भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप खोप मात्रा डोज खोप दिने भएको हो।
मन्त्रालयले यसलाई बुस्टर डोज नभई रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरूलाई खोप दिन लागिएको जनाएको छ।
खोप पाउने समूहहरू
-मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू
-सक्रिय क्यान्सरका बिरामी
-अंग प्रत्यारोपण गरेका बिरामी
-एचआइभी भएका बिरामी
-उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषिध सेवन गरिरहेका बिरामी
-त्यस्तै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष माथिका सबै व्यक्तिलाई यो अतिरिक्त खोप लगाउान पाउनेछन्।
खोप लगाउन आफूले पहिले खोप लगाएको कार्ड लिएर आफनो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।
Facebook Comment
Comment