विद्युत् प्राधिकरणका कर्मचारीले ध्वजावाहक जहाज चढ्दा १५ प्रतिशत छुट पाउने

नेपालभ्युज

विद्युत् प्राधिकरणका कर्मचारीले ध्वजावाहक जहाज चढ्दा १५ प्रतिशत छुट पाउने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी वायुसेवा निगमको जहाज चढ्दा १५ प्रतिशत छुट पाउने भएका छन्। सोमबार नेपाल वायुसेवा निगम र नेपाल विद्युत् प्राधिकरणबीच यससम्बन्धी सम्झौता भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच सम्झौता भएको हो।

सम्झौताअनुसार कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिसका साथै परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने छ। निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउने छन्।

प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५ देखि १० प्रतिशत छुट पाउनेछ। प्राधिकरणले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत गर्न परिपत्र गर्ने व्यवस्था सम्झौतामा उल्लेख छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved