जनप्रदर्शनपछि सुडानका प्रधानमन्त्रीद्वारा राजीनामा

नेपालभ्युज

जनप्रदर्शनपछि सुडानका प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी। सुडानका प्रधानमन्त्री अब्दल्ला हम्दोकले राजिनामा गरेका छन्। गत अक्टुबरमा सेनाले ‘कु’ गरेयता सुडानमा राजनीतिक अस्थिरता छ।

आफुलाई अपदस्थ गरेर नजरबन्दमा राख्ने सेनासँग नै पावर शेयरिङ गर्ने विवादास्पद सहमति हम्दोकले गरेपछि आक्रोशित जनताले उनीविरुद्ध प्रदर्शन थालेका थिए। प्रदर्शनका क्रममा सेनाले गोली चलाउँदा दुईजनाको मृत्यु भएको भोलिपल्टै हम्दोकले राजिनामा दिएका हुन्।

हम्दोकले राजिनामा दिएसँगै अब सरकारमा सेनाको एकाधिकार कायम रहने देखिएको छ। राजिनामा घोषणा गर्दै हम्दोकले देश संकटको खाडलमा रहेको बताएका छन्।

सुडानमा २०१९ मा आन्दोलन चर्किएपछि सेनाले लामो समयदेखिका निरङ्कुश शासक राष्ट्रपति ओमर अल बसिरको साथ छाडेको थियो। त्यसयता, सेनाले केही समयमै जनतामा अधिकार फर्काउने भन्दै सैनिक शासन लागु गरेको थियो। तर, संक्रमणकाल लम्बिदैं जाँदा सुडान अस्थिरताको शिकार बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved