भारतमा फेरि बढ्यो कोरोना संक्रमण

नेपालभ्युज

भारतमा फेरि बढ्यो कोरोना संक्रमण

काठमाडौँ। पछिल्लो साता युरोपमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगेका बेला छिमेकी मुलुक भारतमा पनि त्यसको प्रभाव देखिएको छ। कोरोना संक्रमण दर बढेको छ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा २६ हजार ४०४ जनामा संक्रमण पुष्टि भएको छ।

यही अवधिमा कोरोनामुक्त हुनेको संख्या भने ८ हजार ९४९ रहेको छ । पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ ।

त्यहाँ दैनिक थपिने र निको हुनेको संख्या एक साताअघिसम्म दश हजारभन्दा तल झरिसकेको थियो।

अहिले त्यो संख्या ह्वात्तै बढेको छ। भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख ३३ हजारभन्दा माथि पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved