इङ्ग्लिस प्रिमियर लिगमा टोटेनह्याम र वेस्ट ह्यामको जित

नेपालभ्युज

इङ्ग्लिस प्रिमियर लिगमा टोटेनह्याम र वेस्ट ह्यामको जित

एजेन्सी। इङ्ग्लिस प्रिमियर लिग फुटबलको गएराति भएको खेलमा टोटेनह्याम र वेस्ट ह्याम विजयी भएका छन् ।

टोटेनह्यामले वाट्फोर्डलाई १–० गोलले हराउँदै विजयी भएको हो।
जितसँगै टोटेनह्यामको १८ खेलमा ३३ अङ्क भएको छ। अङ्कतालिकामा टोटेनह्याम छैटौँ स्थानमा छ। वाट्फोर्ड १३ अङ्कका साथ १७औँ स्थानमा खुम्चिएको छ।

यस्तै गएरातीकै अर्को खेलमा वेस्ट ह्यामले जित हात पारेको छ। क्रिस्टल प्यालेस ३–२ गोलले पछि परेको छ। जितसँगै वेस्ट ह्याम अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । उसको २० खेलमा ३४ अङ्क छ।

क्रिस्टल प्यालेस समान खेलमा २३ अङ्कका साथ ११औँ स्थानमा छ । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । हिजो भएको खेलमा सिटीले आर्सनललाई २–१ ले हराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved