कोरोनाले रोकियो ‘आरआरआर’ को प्रदर्शन

नेपालभ्युज

कोरोनाले रोकियो ‘आरआरआर’ को प्रदर्शन

एजेन्सी। एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ कोरोनाका कारण तत्काल प्रदर्शन नआउने भएको छ। यसअघि यो फिल्म आगामी शुक्रबारबाट हलमा रिलिज हुने तय थियो।

तर अब दर्शकहरुले फिल्म हेर्नका लागि केही समय प्रतिक्षा गर्नुपर्नेछ । आरआरआरले आफ्नो ट्वीटर एकाउन्टमार्फत यसको जानकारी दिएको हो। ‘सबै पक्षको हितलाई ध्यानमा राखेर हामीले आफ्नो फिल्म प्रदर्शन मिति सारेका छौं। हाम्रा सबै दर्शकहरूलाई उनीहरूले देखाएको प्रेमका लागि धन्यवाद्,’ ट्वीटमा भनिएको छ।

भारतमा ओमिक्रोन भेरिएन्टका घटना बढ्दै गएपछि फिल्म निर्माणहरुले तत्कालै नयाँ फिलम रिलिज नगर्ने फैसला गरेका हुन्। ओमिक्रोनका कारण दिल्लीमा सिनेमाघर बन्द छन्। त्यस्तै, महाराष्ट्रमा ५० प्रतिशतभन्दा कम दर्शक राखेर हल चलाइएको छ। भारतका केही राज्यहरूमा कफ्र्यु लागेको छ।

भारतीय स्वतन्त्रता सेनानीको कथा

एसएस राजामौलाले यसअघि बाहुलबलीका दुई शृंखला निर्देशन गरेका थिए। त्यहीकारण पनि आरआरआरलाई लिएर दर्शकहरु निकै उत्साहित छन्।

यो फिल्म भारतीय स्वतन्त्रता सेनानीहरू सीताराम राजू र कोमाराम भिमको कथा हो। फिल्मको गीत र ट्रेलरले धेरैलाई आकर्षित गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved