नयाँवर्षको कार्यक्रममा गाइरहेका राईमाथि अमेरिकामा स्टेजमै हातपात (भिडिओ)

नयाँवर्ष २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा स्टेज प्रस्तुति दिँदै गरेका राईमाथि हातपात भएको हो।

नेपालभ्युज

नयाँवर्षको कार्यक्रममा गाइरहेका राईमाथि अमेरिकामा स्टेजमै हातपात (भिडिओ)

काठमाडौं। गायक राजेश पायल राईमाथि स्टेजमा गीत गाइरहेको अवस्थामा हातपात भएको छ।

नयाँवर्ष २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा स्टेज प्रस्तुति दिँदै गरेका राईमाथि हातपात भएको हो।

‘राई इज किङ’को उपनामले चिनिने राईमाथि स्टेजमा गीत गाइरहेको अवस्थामा एक सहभागी दर्शकले पछाडिबाट आक्रमण गरेका हुन्। ती व्यक्तिले राईलाई घाँटीमा समातेर पछाडि तान्ने प्रयास गरेका थिए।

नयाँवर्षको प्रस्तुति दिइरहेको अवस्थामा राईमाथि आक्रमणको प्रयास भएपछि दर्शकहरुले राईलाई जोगाउँदै ती व्यक्तिलाई त्यहाँबाट हटाएका थिए। सांगीतिक प्रस्तुतीमा न्यूयोर्क रमिरहेको समयमा उक्त घटना भएको हो।

भिडिओ: केरुङ हाङसेमकाे फेसबुकबाट।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved