यू–१९ एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का भिड्दै

नेपालभ्युज

यू–१९ एसिया कपको उपाधिका लागि भारत र श्रीलङ्का भिड्दै

काठमाडौं। यू १९ एसिया कप क्रिकेटको फाइनलका लागि आज (शुक्रबार) भारत र श्रीलङ्का भिड्दैछन्। युएईमा एसियन क्रिकेट ग्राउन्डमा खेल हुनेछ। फाइनल खेल बिहान सवा ११ बजेदेखि हुनेछ।

बिहीबार भएको सेमिफाइनलमा भारतले बंगलादेश र श्रीलङ्काले पाकिस्तानलाई पराजित गरेको थियो। उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका भारत र श्रीलङ्का समूह चरणमा दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका थिए। भारत समूह एको उप विजेता बनेको थियो भने श्रीलङ्का समूह बीको उप विजेता रहेको थियो। भारत आठौँ पटक उपाधि जित्ने लक्ष्यमा हुँदा श्रीलङ्का पनि पहिलो पटक उपाधि जित्ने अभियानमा छ ।

सन् १९८९ देखि यु १९ एसिया कपको उपाधि एक पटक अफगानिस्तानले जितेको छ। एक पटक पाकिस्तान र भारत संयुक्त विजेता भएका थिए। त्यस बाँकी सबै उपाधि भारतले जितेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved