राजा वीरेन्द्रको संझनामा दीप प्रज्वलन

नेपालभ्युज

राजा वीरेन्द्रको संझनामा दीप प्रज्वलन

काठमाडौं। वीरेन्द्र शान्ति प्रतिष्ठानले स्वर्गीय राजा वीरेन्द्र शाहको ७७औँ जन्मजयन्तीको अवसरमा मुलुकमा शान्तिको कामना गर्दै जावलाखेलमा आज दीप प्रज्वलन गरेको छ। उक्त स्थानमा रहेको वीरेन्द्रको सालिकमा माल्यार्पण समेत गरिएको छ।

प्रतिष्ठानले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा स्व। शाहले पु¥याएको योगदानको स्मरण गरेको छ।

प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले गरेका स्व. राजा वीरेन्द्र राष्ट्रवादी, शान्ति, विकास र प्रजातन्त्रका पक्षधर भएको बताए। जागरण मिडियाका अध्यक्ष रञ्जित धमलाले सरल स्वभावका राजा वीरेन्द्रले विसं २०४६ मा बहुदलको पुनःस्थापना गरी प्रजातन्त्रको पक्षधर भएको पुष्टि गरेको बताए।

उनले सुशासन कायम गर्न प्रयत्नशील व्यक्तित्वका रूपमा राजा वीरेन्द्रले छवि बनाएको बताए। वीरेन्द्रलाई शान्तिप्रेमी, असल कूटनीतिज्ञ र राष्ट्रवादी नेताका रूपमा सम्मान गर्नुपर्ने उनले बताए।

राजा वीरेन्द्रको राष्ट्रवादी आदर्श र योगदानको मूल्याङ्कन गरी देशमा विधिको शासनका माध्यमबाट जनताको उन्नति गर्न सकेमा उनीप्रति सच्चा सम्मान व्यक्त हुने धमलाले बताए।।

१४ पुस २००२ मा जन्मिएका राजा वीरेन्द्रको १९ जेठ २०५८ मा नारायणहिटी दरबार हत्याकाण्डमा वंश विनाश भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved