अब जिल्ला र उच्च अदालतमा पनि गोला प्रणालीबाट पेशी तोकिने

नेपालभ्युज

अब जिल्ला र उच्च अदालतमा पनि गोला प्रणालीबाट पेशी तोकिने

काठमाडौं। देशभरका जिल्ला अदालत र उच्च अदातलमा माघ २ गतेदेखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुने भएको छ।

जिल्ला र उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापनका लागि आवश्यक नियमावली र निर्देशिका आज बुधबार सर्वोच्च अदालतमा बसेको पूर्ण बैठकले पारित गरेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए।

७७ वटा जिल्ला अदालतसहित सात वटा उच्च अदालत र तिनका ११ वटा इजलासहरुमा गोला प्रणालीबाट पेशी व्यवस्थापन हुनेछ। २९ मंसीरमा बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले देशभरका जिल्ला र उच्च अदालतमा पनि गोला प्रणालीबाट पेशी तोक्ने निर्णय गरेको थियो।

सर्वोच्च अदालतमा १५ मंसीरदेखि नै गोलाप्रथा प्रणालीबाट पेसी तोक्ने काम सुरु गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved