सिटीका टोरेस बार्सिलोनामा आबद्ध

नेपालभ्युज

सिटीका टोरेस बार्सिलोनामा आबद्ध

काठमाडौं। बार्सिलोनाले जनवरी ट्रान्सफरमा म्यानचेस्टर सिटीका फरान टोरेसलाई भित्र्याएको छ। टोरेसलाई ५५ मिलियन पाउन्डमा ५ वर्ष ६ महिनाका लागि बार्सिलोनाले अनुबन्ध गरेको हो।

सम्झौता अनुसार उनी सन् २०२७ को समर ट्रान्सफरसम्म बार्सिलोनामा रहनेछन्।

स्पेनिस क्लब भ्यालेन्सियाबाट सन् २०२० मा सिटी पुगेका उनी सन् २०२५ सम्म सिटीमा रहने सम्झौता भए पनि उक्त सम्झौता तोड्दै बार्सिलोना गएका हुन्।

टोरेसले सिटीका लागि ४३ खेलमा १६ गोल गरेका थिए। स्पेनको सिनियर टोलीबाट पनि खेलिसकेका टोरेसले २२ खेलमा १२ गोल गरिसकेका छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved