काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य माधवकुमार नेपालले भैरहवा विमानस्थलको टर्मिनल चित्तबुझ्दो नरहेको बताएका छन्।
मंगलबार सिंहदरबारमा भएको समितिको बैठकमा नेपालले विमानस्थल डिजाइनर, कम्पनी, इन्जिनियर र डिजाइन स्वीकार गर्ने पदाधिकारीको नामसमेत उपलब्ध गराउन आग्रह गरे। सदस्य नेपालले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा विभिन्न त्रुटी भएका भन्दै सुधार्न प्रयास गर्नुपर्ने बताए। निजगढ विमानस्थलको कुरा उठाएको र अघि बढाउनुपर्छ भनेको धेरै वर्ष भइसकेकाले अहिलेसम्म कसले बनाउन रोक्यो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने पनि उनले बताए।
सदस्य नेपालले भने, “निजगढ विमानस्थलको कुरा उठाएको र अघि बढाउनु पर्छ भनेको धेरै वर्ष भइसक्यो, यो ढिला गर्ने मान्छे को को हुन् ? किन ढिला गर्न खोजेको ? यो राज्यको गम्भीर चिन्ता र चासोको विषय भइरहेको छ। कसले रोकेको छ ? मैले स्मार्ट सिटी पनि त्यहाँ जोडिएको छ भन्ने सुनेँ, स्मार्ट सिटीसँग विमानस्थल जोडिँदैन, कामै रोकिदिने अर्को डिजाइन भनेर ? के हो यो ?”
बैठकमा समितिकी सदस्य पुष्पा भुसालले साधारण जनताहरुले पनि प्लेनमा चढ्न पाउनुपर्ने अवसरको महशुस भएकोले चाँडै काम भइरहेको विमानस्थलहरुको काम सकेर सञ्चालनमा ल्याइनुपर्ने बतायन्। लुम्बिनी विमानस्थलमा सञ्चालनको काम पर्यटनमन्त्रालयबाट नै केही कारण रोकिएको सूचना पाएकोले आफ्नो सरकार रहँदै सञ्चालन गर्नुपर्ने उनले बताइन्। ति
त्यस्तै समितिका सदस्य मोहन बानियाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पुनः सर्वे डिजाइन र डीपीआर गर्ने भन्ने आएकोमा खेद प्रकट गरे। बैठकमा समितिका सदस्यहरूले विमानस्थलको काममा ढिलाइ भइरहेको भन्दै यथाशीघ्र काम सम्पन्न गरी सञ्चालन गर्नुपर्नेमा जोड दिए।
Facebook Comment
Comment