काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अरुलाई लुटेर कमाउने प्रवृत्ति मौलाएको दाबी गरेका छन्। दलाल पुँजीको दबदबा बढिरेहकाले यस्तो अवस्था सिर्जना भएको उनले बताए।
उद्यमी युवाहरुलाई सरकारले प्रोत्साहन दिनुपर्ने उनले बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित नेकपा (एकिकृत समाजवादी) र नेकपा जनवादीबीचको एकीकरण कार्यक्रममा नेता नेपालले भने,‘‘सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता नबढाएको हुनाले मानिसहरुमा आत्मविश्वास बढ्न सकेन। दलाल पूँजीको दबदबा बढिरहेकाले देशमा मेहिनत नगरीकन पैसा कमाउने प्रवृत्ति, रातारात अर्बपति बन्ने चाहना र अरुलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको छ। त्यस्ता प्रवृत्तिलाई समाप्त पार्नुपर्नेछ।’’
अध्यक्ष नेपालले सरकारले व्यवहारिक योजना र प्राथमिकता तय गर्न नसकेको बताए। उनले सुदूरपश्चिमको प्रदेशसभामा एक नम्बर पार्टीका रुपमा स्थापित नेकपा समाजवादीलाई देशकै पहिलो पार्टी बनाउने दाबी गरे।
Facebook Comment
Comment