माओवादी महाधिवेशनमा चित्रकला प्रदर्शनी (तस्वीरमा हेर्नुहोस्)

‘समाजवादी यात्रा’ शीर्षकमा शुरु प्रदर्शनीमा दुई दर्जन कलाकारले आन्दोलन, गणतन्त्र, जनजीविका, श्रम, मजदूर, वित्तीय पुँजीवाद र त्यसको असर, कृषि तथा औद्योगिक क्रान्ति, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पनासहित बनाएका चित्रहरू राखेका छन्।

नेपालभ्युज

माओवादी महाधिवेशनमा चित्रकला प्रदर्शनी (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा चित्रकला प्रदर्शनी शुरु भएको छ।

‘समाजवादी यात्रा’ शीर्षकमा शुरु प्रदर्शनीमा दुई दर्जन कलाकारले आन्दोलन, गणतन्त्र, जनजीविका, श्रम, मजदूर, वित्तीय पुँजीवाद र त्यसको असर, कृषि तथा औद्योगिक क्रान्ति, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पनासहित बनाएका चित्रहरू राखेका छन्।

प्रदर्शनीमा ८० वर्षीय कलाकार जुलुमलाल चित्रकारको पनि चित्र समावेश छ। उनले चित्रमा गरिबीले सर्वसाधारणलाई पारेको असरलाई दर्शाउने कोसिस गरेका छन्। त्यस्तै कलाकार नारदमणि हार्तम्छालीले गणतन्त्र ल्याउन गरिएका संघर्ष र सामन्तवादी परिवेशले समाजमा पारेको प्रभावलाई चित्रण गरेका कला रचना गरेका छन्। उनका कलामा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले नेपालको सार्वभौमसत्तामाथि लगाएको गिद्धेदृष्टिलाई समेत कलात्मक रूपमा उधिनेका छन्।

यस्तै प्रदर्शनीमा अग्रज कलाकार लालमान लामा, एससी सुमन, देवेन्द्र थुम्केली, केशव राज खनाल, पाल्साङ्मो लामा, कमानसिंह लामा, प्रदीप अधिकारी, रविन्द्र श्रेष्ठ, राजकुमार राना मगर, राजकुमार खड्का, लीलाधर केसी अमर परियार, अमिर शाक्य, खेम बिके, झिग्मे लामा, शिव शेर्पाली, निरीमाया लामा, रञ्जु पुलामी मगर, पूर्णिमा पौडेल लगायतका कलाकारका तीन दर्जन बढी कलाकृति राखिएका छन्।

अखिल नेपाल ललितकला संघको संयोजन शुरु भएको प्रदर्शनीमा समाजवादोन्मुख नेपाली समाजको परिकल्पना गरिएको छ। संघका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाका अनुसार पार्टीको महाधिवेशनको सन्दर्भमा गरिएको कला प्रदर्शनीले नेपाली समाजको बहुआयामिकतालाई कलात्मक रूपमा उतारेको छ।

उनले भने, “समाज रुपान्तरणका लागि कलाकारले कलामार्फत आफ्नो सिर्जनात्मक अभिव्यक्ति दिएका छन्। साथै नेपालको परिवर्तनकारी आन्दोलनमा माओवादी आन्दोलनको विशिष्ट भूमिका रहेकाले त्यसको झलक कलाकृतिमा आएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved