प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल शुरु

नेपालभ्युज

प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल शुरु

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौँ महाधिवेशनका क्रममा सोमबार (१२ पुस) बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल शुरु भएको छ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई २५ ओटा समूहमा विभाजन गरिएको छ। काठमाडौंका विभिन्न २५ स्थानमा समूहगत छलफलका लागि समूहको समन्वय गर्ने जिम्मेवारीसहित २५ समूह बनाइएको छ।

समूह प्रमुखले भोलि (बुधबार) बिहान ११ बजेदेखि छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved