प्रचण्डको प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुने

बुधबार बिहान ११ बजेदेखि समूह प्रमुखहरूले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ।

नेपालभ्युज

प्रचण्डको प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुने

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौँ महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुँदैछ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य गुरुङले प्रस्तुत गरेको विधान मस्यौदा प्रस्तावमा छलफल गर्न प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजन गरिएको छ। आज दिनभर समूहगत छलफल हुने जनाइएको छ।

बुधबार बिहान ११ बजेदेखि समूह प्रमुखहरूले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ।

सोमबार बन्दसत्रमा अध्यक्ष प्रचण्डले पार्टीको अबको कार्यनीति ‘समाजवाद उन्मुख समृद्धि’ हुनुपर्ने प्रस्ताव गरेका थिए। ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनमा उनले लोकतान्त्रिक गणतन्त्रको आन्दोलनलाई ‘पूँजीवादी जनवादी क्रान्ति’ को संज्ञा दिँदै उनले माओवादीको चाहना ‘नयाँ जनवादी क्रान्ति’ गर्ने भए तापनि त्यस्तो हुन नसकेको निष्कर्ष उनले निकालेका छन्।

पढ्नुहोस् प्रचण्डको प्रतिवेदन पूर्ण पाठसहित

यसैगरी स्थायी कमिटी सदस्य देव गुरुङले बन्द सत्रमा पार्टीको विधान मस्यौदा प्रस्तुत गरेका थिए। जहाँ पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने व्यवस्था गरिएको छ। त्यस्तै पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव, उपमहासचिव दुई जना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्ताव गरिएको छ।

केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ। केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ। पदाधिकारी र सबै तहका कमिटीहरूमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ।

समूहगत छलफलका लागि बनाइएका २५ समूह, समूहगत छलफल गर्ने स्थान र समूहको समन्वय गर्ने जिम्मेवारी यसप्रकार छन् :

समूह १

सहभागी : ज्येष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थान : प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारी : एनके प्रसाई

समूह २ र ३

सहभागी : सल्लाहकारहरू
छलफलको स्थान : प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारी : नन्दकुमार थापा

समूह ४ र ५

सहभागी : प्रदेश नं १ का प्रतिनिधिहरू
छलफलको स्थान : भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : हर्क नेम्वाङ

समूह ६ र ७

सहभागी : प्रदेश नं २ का प्रतिनिधिहरू
छलफलको स्थान : पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : गणेश साह

समूह ८ र ९

सहभागी : लुम्बीनी प्रदेशका प्रतिनिधिहरू
छलफलको स्थान : सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : चक्रपाणि खनाल

समूह १० र ११

सहभागी : गण्डकी प्रदेशका प्रतिनिधिहरू
छलफलको स्थान : पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : गायत्री गुरुङ

समूह १२

सहभागी : प्रवास प्रदेशका प्रतिनिधिहरू
छलफलको स्थान : पार्टी कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : लक्ष्मण पन्त

समूह १३ र १४

सहभागी : कर्णाली प्रदेशका प्रतिनिधिहरू
छलफलको स्थान : एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारी : विमला केसी

समूह १५ र १६

सहभागी : सुदुरपश्चिम प्रदेशका प्रतिनिधिहरू
छलफलको स्थान : एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारी : खगराज भट्ट

समूह १७ र १८

सहभागी : सम्पूर्ण विभागका प्रतिनिधिहरू
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारी : मायाप्रसाद शर्मा

समूह १९

सहभागी : उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरू
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारी : जगत सिंखडा

समूह २० र २१

सहभागी : सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरू
छलफलको स्थान : क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारी : कृष्ण अधिकारी

समूह २२ र २३

सहभागी : बागमति प्रदेशका प्रतिनिधिहरू
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : सरल सहयात्री

समूह २४

सहभागी : आयोगका सदस्यहरू
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : विष्णुपुकार श्रेष्ठ

समूह २५

सहभागी : जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरू
छलफल गर्ने स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : अमृता थापामगर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved