काठमाडौं। सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई २–० ले हराएको छ।
लिगमा जावलाखेलको यो दोस्रो जीत हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमै सकिएको थियो।
दोस्रो हाफमा जावलाखेलबाट विपिन कँडेल र निकोलस फर्नान्डेसले एक–एक गोल गरे।
खेलको ५० औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७० औं मिनेटमा विदेशी खेलाडी निकोलसले गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए।
जितसँगै जावलाखेलले ६ खेलबाट ७ अंक जोडेको छ । हारका बाबजुद सातदोबाटोको ६ खेलबाट ८ अंक छ।
लिगमा १४ अंकसहित साबिक विजेता मच्छिन्द्र शीर्ष स्थानमा छ। त्यस्तै, १३ अंकका साथ मनाङ मस्र्याङ्दी तालिकाको दोस्रो स्थानमा छ।
६ खेलबाट १२ अंक बनाएको संकटा तालिकाको तेस्रो छ
Facebook Comment
Comment