प्रदेश १ लाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेट उपाधि

नेपालभ्युज

प्रदेश १ लाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेट उपाधि

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको छ। आइतबार भएको फाइनलमा एपीएफले प्रदेश १ लाई सात विकेटले पराजित गरेको हो।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निकै खराब प्रदर्शन गर्‍यो। २० ओभरको खेलमा पूरै क्रिजमा टिके पनि प्रदेश १ ले ६ विकेट गुमाउँदै मात्र ६७ रनको सामान्य योलफल बनाउन सक्यो।

जसका लागि कप्तान रुबिना क्षत्रीले सर्वाधिक ४६ बलमा ३४ रन जोडेकी थिइन्। अप्सरी बेगमले भने ३४ बल खेलेर मात्र ११ रन जोड्न सकिन्। बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगरले चार ओभरमा मात्र १२ रन खर्चेर तीन विकेट लिइन्।

जवाफमा ६७ रनको सहज लक्ष्य एपीएफले १५ औं ओभरमा नै मात्र तीन विकेटको नोक्सानीमा पूरा गर्‍यो। एपीएफको जितमा ज्योति पाण्डेले ३९ बलमा सर्वाधिक ३६ र ममता चौधरीले १९ रनको योगदान दिएका थिए।

फाइनल खेलको उत्कृष्ट खेलाडीको उपाधि एपीएफकी सीता राना मगरले जितिन्।

प्रदेश १ की कप्तान रुबिना नेपाल क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले प्रतियोगिताभर कूल १५७ रन जोडेकी थिइन् भने ८ विकेट लिएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved