छैठौं संस्करणको एलपिएल २२ माघदेखि

नेपालभ्युज

छैठौं संस्करणको एलपिएल २२ माघदेखि

धनगढी। धनगढीमा माघ २२ माघदेखि विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपिएल) शुरु हुने भएको छ। विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने लक्ष्य प्रतियोगिताले राखेको छ।
आयोजक लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सले २२ माघ ७ फागुनसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो। २०७३ देखि हरेक वर्ष आयोजना हुदैं आएको प्रतियोगिताको छैठौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको लिटिल फ्लावर स्पोर्टस् एन्ड ईभेन्टस्का अध्यक्ष रामचन्द्र शाहीले पत्रकार सम्मेलनमा दिए।
प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहने जानकारी पनि कार्यक्रममा दिइएको छ। सहभागी विद्यालयहरुमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल,लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्या भुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् ।
त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वल्र्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन्।
लिग कम नकआउट फरम्याटमा खेलाईने प्रतियोगिताको विजेता नगद एक लाख ५० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ। उपविजेताले नगद ७५ हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved