काठमाडौं। सत्तासाझेदार राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार आफैंले लाखौं नागरिकलाई नागरिकता दिनबाट वञ्चित गराएको दाबी गर्दै आपत्ति जनाएका छन्।
नेपाल इन्जिनियर्स एशोसिएशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले नागरिकतासम्बन्धी ऐन अझै बन्न नसकेको भन्दै संघीयता कार्यान्वयनसमेत इमानदार ढंगले नभएको बताए।
“संविधान घोषणा भएको यत्रो वर्ष भइसक्दा पनि अझै अझै संघीयता कार्यान्वयन गर्न प्रयास गरिएको छैन। संविधानमा यसो पल्टाउँदा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल। तर संघीयताको कार्यान्वयन गर्न अहिलेसम्म संघीय निजामती ऐनसमेत बनाउन सकेका छैनौं। नेपालमा आमा पनि जन्मसिद्ध नागरिक, पिता पनि जन्मसिद्ध नागरिक तर तर तिनका सन्तानलाई अझैसम्म नागरिकता दिइएको छैन। लाखौंलाख नागरिक नागरिकताबाट सरकारले नै वञ्चित गरेको छ। मतदान गर्न दिएको छैन।”
Facebook Comment
Comment