काठमाडौं। नेपालमा हाल पाँच हजारभन्दा बढी कोभिड-१९ का सक्रिय संक्रमितहरू रहेका रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौं उपत्यकामा छन्। जहाँ ७ सय ९५ जना सक्रिय संक्रमितहरू छन्।
त्यस्तै कास्की, बाँके र कैलालीमा दुई सय बढी संक्रमितहरू रहेका मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या शून्य भएका जिल्लाहरूमा डोल्पा, हुम्ला, मुगु, रुकुम पश्चिम र बाजुरा छन्।
नेपालमा हालसम्म ९ लाख २३ हजार १६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भइसकेको मन्त्रालयको तथ्यांकमा छ भने ८ लाख १० हजार २७१ जनामा कोरोना निको भइसकेको र ११ हजार ५ सय ८२ जनाको मृत्यु भएसको मन्त्रालयले जनाएको छ।
हाल ४ हजार ८ सय १७ जना होम आइसोलेसन, २ सय ३१ जना संस्थागत आइसोलेसन, ७७ जना आईसीयू र २१ जना भेन्टिलेटरमा रहेका पनि मन्त्रालयले जनाएको छ।
Facebook Comment
Comment