जनकपुरधाम। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश २ को मतगणना जारी छ। कांग्रेस प्रदेश २ सभापति पदमा कृष्णप्रसाद यादव यस अघि नै निर्वाचित भईसकेका छन् भने अन्य पदाधिकारीहरूको मतगणना जारी रहेको छ।
पदाधिकारीहरूको पछिल्लो मतगणनाको परिणामअनुसार संस्थापन पक्षको अग्रता कायम छ। संस्थापन पक्षका तर्फबाट प्रदेश उपसभापतिमा वीरेन्द्र प्रसाद सिंह ५ सय २१ मतसहित अग्र स्थानमा छन् भने सोही समूहका चन्देश्वर प्रसाद यादवले पनि ४ सय ४२ मतसहित पछ्याइरहेका छन्।
यसैबीच संस्थापन इतरका उपसभापति पदका उम्मेदवार विनोद कुमार खनालले २ सय ७६ मत तथा धनलाल ठोकरले २ सय ४७ मत ल्याएका छन्। प्रदेश महामन्त्री पदमा पनि संस्थापन पक्षका उपेन्द्र कुमार यादव ३ सय ५६ मत, बृहस्पति कृष्ण श्रेष्ठले ३ सय ७० मत प्राप्त गरेका छन्।
यसैगरी संस्थापन पक्षका प्रदेश महामन्त्री पदका उम्मेदवार उपेन्द्र कुमार यादवले ४ सय ८५ मत प्राप्त गरेका छन्।
त्यसैगरी खुला सहमहामन्त्रीमा पनि संस्थापन पक्षका पर्शुराम चौधरीले अग्रता लिएका छन्। उनले ४ सय २९ मत पाउँदा जयनारायण यादवको भने ४ सय ६ मत छ।
यसैगरी महिला सहमहामन्त्री तर्फ पनि संस्थापन पक्षकै अग्रता रहेको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए। मत गणना निक्कै सुस्त गतिमा भएका कारण सबै पदाधिकारीहरूको मत परिणाम रातिसम्म मात्र आउने अवस्था छ।
Facebook Comment
Comment